काठमाडौं : गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका गुण्डा नाईके दावा लामाविरुद्ध प्रहरीले हत्या प्रयासको अभियोगमा अनुसन्धान अगाडि बढाएको छ।
बेजाभु नामक डिस्कोमा झगडा गरेको आरोपमा पक्राउ परेका उनलाई छुटाउन हालै महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएर आएर एसएसपी छविलाल जोशीले दरबारमार्ग बृत्तका प्रहरीलाई दवाव दिएका थिए।
पक्राउ परेका लामालाई छुटाउन दवाव आएको समाचार सार्वजनिक भएपछि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवत्ता एसपी प्रध्युम कार्कीले काठमाडौ जिल्ला अदालतबाट पक्राउ मितिबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहकेको जानकारी दिए।
गणेश लामाको सहयोगीको रुपमा गुण्डागर्दीमा लागेका लामा पछिल्लो समय आफ्नै ग्याङ बनाएर आपराधिक गतिविधीमा संलग्न रहेको प्रहरी विवरणमा उल्लेख छ।