PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बायोपिकमा संजय दत्तकी आमा बन्दै मनिषा कोइराला



पहिलोपोस्ट

बायोपिकमा संजय दत्तकी आमा बन्दै मनिषा कोइराला

नायिका मनिषा कोइरालाले 'भूत रिटर्नस' पछि  अर्को फिल्ममा अभिनय गर्ने भएकी छिन्। सन् २०१२ मा क्यान्सरको उपचारपछि उनि मोटिभेसनल स्पिकरको रुपमा सक्रियमा ब्यस्त छिन। फिल्म गरेकी छैनन्।

अब उनी अभिनेता संजय दत्तको बायोपिकमा आधारित फिल्ममा रणबिर कपुरको आमाको भुमिकामा अभिनय गर्ने भएकी छिन्।

फिल्ममा अभिनेता कपूरले  दत्तको भूमिका निर्वाह गर्दैछन् ।  फिल्ममा दत्तको श्रीमतीको भुमिकामा सोनम कपूर देखिंदैछिन्।

नर्गिस दत्तको रुपमा देखिन लागेकी मनिषाले बलिउड हंगामासँग भनेकी छिन्,'नर्गिसजी जस्तो प्रतिभावान व्यक्तीको भूमिका जस्ताको त्यस्तै उतार्न गाह्रो हुन्छ। तर पनि सक्दो राम्रो गर्ने कोसिस गर्छु।'

उनले आफू नर्गिसको फ्यान रहेको समेत बताएकी छिन्।

मनिषाले दत्तको जीवन कथामाथी बन्न लागेको फिल्ममा टिम राम्रो भएको बताइन्। उनले रणबिर कपूरसँग काम गर्ने रहर भएको बताउँदै भनिन्,'उनको जस्तो प्यासन अरु युवा कलाकारमा छैन।'

रियल जीवनमा क्यानसरसँग लडेकी मनिषाको रिल जीवनमा पनि क्यान्सर भोग्नुको पिडा आफ्नो अभिनयमा देखाउनेछिन्। संजय दत्तकी आमा र मनिषा दुबैलाई पाठेघरको क्यान्सर भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell