PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

​निर्विरोध भएपछि कमल थापालाई हाइसन्चो, अन्य उम्मेदवार भोट माग्ने दौडाहामा



पहिलोपोस्ट

​निर्विरोध भएपछि कमल थापालाई हाइसन्चो, अन्य उम्मेदवार भोट माग्ने दौडाहामा

काठमाडौं : महाधिवेशन सुरु हुनु दुइ दिन अघि नै अध्यक्षमा निर्विरोध भएका राप्रपाका अध्यक्ष कमल थापा बिहीबार दिनभर व्यस्त भए। तर उनको व्यस्तता शुक्रबारबाट शुरु हुने महाधिवेशनका लागि हैन, निर्विरोध हुँदाको बधाई लिन थियो।

शुक्रबारदेखि सुरु हुने उद्घाटन सत्रको तयारीका लागि तयारी समिति व्यस्त थियो। अन्य पदका आकांक्षी प्रतिनिधि बसेका होटल तथा अन्य ठाउँमा नमस्कार गर्दै भोट माग्न दौडादौडमा थिए।

थापा भने दिनभर पार्टी कार्यालयमा बधाई थापेर बसे। उनलाई बधाई दिन मन्त्रीहरु झण्डावाल गाडीमै पुगेका थिए। सांसदसहित कार्यकर्ताको भिडभाडले भरिएको थियो पार्टी कार्यालय।

थापालाई बधाई दिन जिल्ला जिल्लाबाट आएका कार्यकर्ता पार्टी कार्यालय धुम्बाराही पुग्दा साँघुरो बाटोको अस्तव्यस्त भएको थियो। प्रहरी र ट्राफिक सडक खुलाउने असफल प्रयासमा सक्रिय देखिन्थे।

मिडियाका प्रतिनिधिहरु धुम्बाराहिस्थित कार्यालय पुगेर घण्टौ कुरे पनि थापाले पछि बोल्ने भन्दै कुराइरहे। कहिले बधाइको भिड घट्ला र बाइट लिउँला भन्दै टेलिभिजनका सञ्चारकर्मी हाई काढ्दै बसिरहेका थिए।







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell