PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'डि सिने अवार्ड'का लागि फिल्म दर्ता खुला



पहिलोपोस्ट

'डि सिने अवार्ड'का लागि फिल्म दर्ता खुला

काठमाडौं: छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको 'डि सिने अवार्ड' का लागि फिल्म दर्ता आह्वान गरेको छ। आउँदो चैत २५ सम्ममा २०७३ बैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने छायाँछवि क्रियशनले जनाएको छ।

डि सिने अवार्डको नवौं संस्करण बैशाख २८ गते हेटौंडामा हुने आयोजकले बताएका छन्। अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा गरिएको थियो।

अवार्डलाई सफल बनाउनका लागि डि सिने अवार्डका अध्यक्ष शान्तिप्रिय एवं कार्यक्रम संयोजक मणीराज गौतम हेटौंडा पुगेर स्थानिय संयोजन समिति गठन गरेको जानकारी दिइएको छ। भने,'मोफसलमा रहेका कलाकार एवं चलचित्रकर्मीलाई प्रोत्सहान गर्न यो वर्षदेखि उपत्यका बाहिर कार्यक्रम आयोजना थालेका हौं। आउँदो वर्ष पनि व्यवस्थापन देखि वितरणसम्ममा कुनै कमी हुन नदिन तयारी सुरु गरेका छौं।'

शान्तिप्रियले नेपाली अरु अवार्डलाई विदेशतिर लग्न थालेको भएपनि आफूचाही देशकै विभिन्न भागमा दर्शक र कलाकार माँझ अवार्ड कार्यक्रम आयोजना गर्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell