PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

रोटरी भवन बनाउन श्रेष्ठ दम्पतीले दिए १ करोड



पहिलोपोस्ट

चितवन : चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले एक करोड रुपैयाँ सहयोग गरेका छन्।
 
क्लबले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४ निवासी सन्तकुमार श्रेष्ठ र उनकी पत्नी निर्मला श्रेष्ठले आफ्ना बाबु आमाको नामबाट पुन्ना नारायण उजेली कार्डिया सेन्टर सञ्चालनका लागि सहयोग गरेका हुन्।
 
सो अवसरमा चेक हस्तान्तरणसहित सम्झौता गरिएको थियो। सम्झौताबमोजिम हिजो रु ५० लाखको पहिलो चेक हस्तान्तरण गरिएको र निर्माणका क्रममा थप रु ५० लाख दिने उल्लेख छ। भरतपुर उपमहानगरपालिका–१० मा रोटरीयन चन्द्रेश्वर भट्टराईका पिता स्व श्रीप्रसाद भट्टराईले रोटरीलाई उपलब्ध गराएको करिब एक गट्ठा जमिनमा रोटरीले छ तले भवन निर्माण गरी तेस्रो तलामा कार्डिया सेन्टर स्थापना गर्दैछ।
 
क्लबका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार भवनको पहिलो र दोस्रो तलालाई व्यावसायिक प्रयोजन गरिँदै छ भने चौथोमा व्यावसायिक तालिमकेन्द्र निर्माण गरिँदै छ। करिब पाँच करोडको लागतमा भवन निर्माणका लागि क्लबका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानको अध्यक्षतामा समिति गठन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell