PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जस्टिन बिबरको 'पर्पोज टूर' इन्डियामा



पहिलोपोस्ट

जस्टिन बिबरको 'पर्पोज टूर' इन्डियामा

पप स्टार जस्टिन बिबर आउँदो मेमा इन्डिया आउने भएका छन्। उनले 'बेबी' गीत गाएर १६ वर्षको उमेरमै चर्चित गायकको पहिचान बनाए। २२ वर्षीय गायक आफ्नो कन्सर्टका लागि इन्डिया आउन लागेका हुन्।

मे १० तारिखमा मुम्बईको डी वाई पाटिल स्टेडियममा उनको कार्यक्रम हुँदैछ। सो कार्यक्रम उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट हो। आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न ठाउँमा शो गर्दै हिडेका छन्। सन् २०१६ को मार्चमा सुरु भएको टूर २०१७ को सेप्टेम्बर मा समापन हुनेछ। उनले यसअघि 'बिलिभ' एल्बम प्रचारका लागि 'बिलिभ टूर' आयोजना गरेका थिए।

इन्डियामा हुने कार्यक्रम बारे जस्टिनले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन्।

२६ करोड लगानीमा हुन लागेको कन्सर्ट अहिले सम्मकै महङ्गो शो बन्ने फर्स्टपोस्टले जनाएको छ।

उनको लव योरसेल्फ, ऐज लङ ऐज यू लव मी जस्ता गाना सुपरहिट छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell