
काठमाडौं : ए डिभिजन क्लबद्वय सिएमजी संकटा र सशस्त्र प्रहरी बलको एपीएफ क्लब मैत्रीपूर्ण फुटबल खेलसँगै सर्लाहीको बुद्धि विकास खेल मैदानको उद्घाटन हुने भएको छ।
बुद्दि विकास खेल मैदान विकास समितीको संयोजनामा उक्त मैत्रीपूर्ण खेल हुने विहिबार आयोजिक कार्यक्रममा सांसद तथा सिएमजी क्लबका प्रवन्ध निर्देशन नरेन्द्र शाहले जानकारी दिए।
दुवै क्लबका खेलाडी बुढासुब्बा गोल्डकप खेल्न गएको र उतैबाट खेलाडीहरु सर्लाही पुग्ने संकटा क्लबका अध्यक्ष तथा एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताए।
भित्री मधेशमा पनि फुटबल खेलाउन सकिन्छ भन्ने देखाउन र त्यस क्षेत्रको फुटबल विकासमा टेवा पुर्याउन मैपीपूर्ण खेलसँगै रंगशालको उद्घाटन गर्न लागेको सांसद शाहले बताए।
सिएमजी क्लब संकटाको प्रायोजक समेत भएकोले संकटा क्लबलाई खेल्न आफुले सुरुमा प्रस्ताव गरेको शाहले जनाए। अन्य ए डिभिजन क्लबसँग कुरा गर्दा एपीएफले खेल्न स्वीकार गरेको संकटाका अध्यक्ष मानन्धरले बताए।
१७ विघा क्षेत्रफलमा फैलिएको उक्त रंगशालमा १० देखि १५ हजारसम्म दर्शक अट्ने शाहले जनाए। भविष्यमा प्याराफिट बनाउनेदेखि प्रतियोगिता समेत गर्ने योजना रहेको उनले सुनाए।
'त्यहाँ पहिला खुल्ला चउर थियो, सांसद विकास कोष र क्षेत्र विकाम कोषको केही रकम छुट्टयाई रंगशाला बनाएका हौं। मैपीपूर्ण खेल मात्र नभएर अन्य ठूलास्तरका प्रतियोगिता पनि त्यहाँ गर्न सकिन्छ।' शाहले भने।
रंगशालको बाँकी काम गर्न र स्तरिय बनाउन अखिल नेपाल फुटबल संघ एन्फालाई समेत अनुरोध गरेको शाहले जनाए।