PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पत्रकार धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान-२०७३’ बाट सम्मानित



पहिलोपोस्ट

पत्रकार धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान-२०७३’ बाट सम्मानित

काठमाडौँ : नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान–२०७३’ बाट सम्मानित भएका छन्।
 
विकास पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउनुका साथै विकास पत्रकारितालाई सुरुदेखि नै अभियानका रुपमा सञ्चालन गर्दै आएका उनलाई व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारीले आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान गरे।

सम्मानित पत्रकार झाले आफूले विकास पत्रकारिताविना विकास सम्भव नभएको कुरालाई सुरुदेखि नै उठाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell