PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

नेक्सस कप यू-१६ राष्ट्रिय क्रिकेट हुने



पहिलोपोस्ट

नेक्सस कप यू-१६ राष्ट्रिय क्रिकेट हुने

भक्तपुर : नेक्सस क्रिकेट एकेडेमी (एनसिए)को आयोजनामा नेक्सस कप यू–१६ इन्टर एकेडेमी टी–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने भएको छ।
 
रफत सञ्चार क्लबमा विहिबार गरिएको कार्यक्रममा आयोजक एनसिएले आगामी चैत १५ देखि वैशाख ५ गतेसम्म प्रतियोगिता गर्न लागेको हो।
 
शोभाज स्पोर्टस प्रालिको सहकार्यमा हुन लागेको प्रतियोगिता लिगकम नकआउटको आधारमासंचालन गरिने छ।
 
हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट एकेडेमी तथा क्लबहरुमध्येबाट न्यूनतम ३२ टिमका ४ सय ४८ खेलाडीहरु प्रतियोगितामा सहभागि हुने आयोजकले जनाएको छ।
 
आयोजकका अनुसार प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिग चरणमा ७/७ खेलहरु खेल्नेछन्।
 
प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागि गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ।
 
प्रतियोगिताको विजेताले गनद १ लाख ५० हजारसहित विनर ट्रफी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगदसहित रनर अफ टर्फी प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell