PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

आउन थाले पशुपतिमा बाबा : शिवरात्रीका लागि चहलपहल सुरु

आउन थाले पशुपतिमा बाबा : शिवरात्रीका लागि चहलपहल सुरु

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : शिवरात्रीमा पशुपतिनाथमा दर्शनार्थीहरुको घुइँचो लाग्छ। अरु पर्वभन्दा फरक यो पर्वमा भारत लगायतका विभिन्न देशबाट बाबाहरु पशुपति आउँछन्। त्यसैले शिवरात्री नजिकिँदै गएपछि पशुपति क्षेत्रको रौनक अर्कै हुन्छ। 

विगतका वर्षहरुमा झैँ यस वर्ष पनि शिवरात्रीमा साधुसन्तहरुको आकर्षण धेरै रहेको छ। भारतबाट साधुसन्तहरु आउने क्रम सुरू भएकाे छ। अहिलेसम्म करिब ३ सय बाबाहरु पशुपति आइसकेको भागवत सन्यास आश्रमका विद्यार्थी पुरुषोत्तम घिमिरेले बताए। उनी गत एक सातादेखि छिमेकी राष्ट्रबाट शिवरात्री मनाउन आएका बाबाहरुलाई उनको आश्रमका तर्फबाट खाना खुवाउँदै आइरहेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell