
एक सात वर्षकी बालिकाले गुगल कम्पनीमा जागिरका लागि आवेदन दिएकी छिन्। बेलायती बालिका क्लो ब्रिजवाटरले गुगलमा जागिरका लागि त्यसका सिइओ सुन्दर पिचाइलाई निवेदन पठाएकी हुन्।
उनले निवेदनमा कम्प्युटर, ट्याब र रोबोट मन पर्ने उल्लेख गर्दै गुगलमा काम गर्न इच्छुक रहेको उल्लेख गरेकी थिइन्। सात वर्षकी बालिकाको निवेदनलाई पिचाइले अवज्ञा गरेनन्। उनले पनि प्रतिउत्तरमा पत्र पठाएर मिहेनतका साथ पढ्न हौसला दिँदै उनको पढाई पूरा भएपछि आफु उनको औपचारिक पत्रको प्रतिक्षामा रहने बताए।
फर्स्टपोस्टका अनुसार क्लोले आफ्नो बाबु एण्डी ब्रिजवाटरलाई काम गर्नका लागि सबैभन्दा राम्रो कहाँ हुन्छ भन्ने प्रश्न गरेकी थिइन्। प्रतिउत्तरमा एण्डीले अहिलेको अवस्थामा गुगल सबैभन्दा राम्रो कम्पनी भएको बताउँदै उनले अफिसलमा ब्याग,कुर्सी, स्लाइड लगायतका सामाग्रीसमेत हुने बताए । उनले गुगलमा काम गर्ने आफ्नो इच्छा समेत बताए।
र, गुगलप्रति क्लोको रुची बढ्यो। उनले काम गर्ने भन्दै हातले निवेदन लेखेर कम्पनीमा पठाइन् जसमा आफ्ना रुचिहरु समेत उल्लेख गरेकी थिइन्।
प्रतिउत्तरमा पिचाइले लेखे, 'मलाई भरोसा छ जति सपना देखेकी छौ ती सबै पूरा गर्नका लागि धेरै मिहेनत गर। रोबोट र कम्प्युटर मन पर्ने सुनेर धेरै खुसी लाग्यो। यस्ता प्रविधिमा रुचि राख्दै गर्यौ भने म तिम्रो औपचारिक निवेदनको प्रतीक्षामा रहनेछु।