PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

​सपना मुख्यमन्त्री, वास्तविकता कैदी नम्बर ९२३५



पहिलोपोस्ट

​सपना मुख्यमन्त्री, वास्तविकता कैदी नम्बर ९२३५

भारत तामिलनाडुको अन्नाद्रमुक पार्टीकी महासचिव शशिकलाले तामिलनाडुकी मुख्यमन्त्री हुने सपना देखिन् तर उनलाई मुख्यमन्त्रीको कुर्सी हैन जेलको चिसो छिँडी मिल्यो।

आम्दानीभन्दा बढी सम्पत्ती रहेको मुद्धामा सर्वोच्च अदालतले उनलाई जेल सजाय सुनाएपछि उनी अहिले बेंग्लोरको जेलमा छिन्।
अहिले उनको परिचय कुनै दलको महासचिव हैन, बेंग्लोरको जेलमा रहेको महिला सेलको कैदी नम्बर ९२३५ हो।

फर्स्टपोस्टका अनुसार उनलाई जेल प्रशासनले टिभी, फ्यान दिएको छ भने जेलभित्र मैनबत्ती बनाउने काम समेत पाएकी छिन्।
मैनबत्ती बनाए वापत उनले दैनिक ५० रुपैंया पाउनेछिन्।

उनी विरुद्ध १९ वर्षदेखि मुद्धा चलिरहेको थियो। तामिलनाडुको सुप्रिमकोर्टले उनलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र १० करोड जरिवानाको सजाय सुनाएको थियो।  उनको वकिलका अनुसार उनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने छैनन्। उनले ३ वर्ष १० महिना जेलमानै बिताउनुपर्नेछ।

सोही दलकी नेता जयललिता सन् २०१४ मा त्यही जेल जाँदा उनले ७४०३ नम्बरको सेल पाएकी थिइन्। शशिकलाले आफुलाई समेत त्यहीँ राख्न माग गरेकी थिइन् तर जेल प्रशासनले स्विकार गरेन। जयललिताको मृत्युपछि पार्टी र सरकारको कमाण्ड उनको हातमा आउँदै थियो।

उनी जेल पुगेपछि पलानीसामी तामिलनाडुको मुख्यमन्त्री बनेका छन्।

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell