PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

स्ववियुको निर्वाचन फागुन १८ मा, विप्लव निकट विद्यार्थी संगठन पनि सहमत



रमेश वाग्ले

स्ववियुको निर्वाचन फागुन १८ मा, विप्लव निकट विद्यार्थी संगठन पनि सहमत

काठमाडौं : नेत्रविक्रम चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनको विरोधका कारण अन्यौलमा परेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १८ गते हुने भएको छ। त्रिभुवन विश्वविध्यालय पदाधिकारी, निर्वाचन समिति र विद्यार्थी संगठनविचको बैठकमा सो सहमती भएको हो।

बैठकमा निर्वाचनको विपक्षमा रहेको चन्दको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका प्रतिनिधी समेत सहभागी थिए। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनका प्रतिनिधीसहितको बैठकमा निर्वाचन मितिबारे सहमती भएको त्रिविका एक अधिकारीले पुष्टि गरे।

'फागुन १८ बाट मिति पर सार्दा विभिन्न संगठनको अधिवेशन पर्ने भएकाले यही मितिमा सबै सहमत भए,' ती अधिकारीले भने' यसमा विपक्षमा रहेका संगठन पनि सहमत भएकाले निर्वाचन सहज भएको छ।'

निर्वाचनको विपक्षमा रहेका दुबै संगठनले आफ्नो पार्टीको महाधिवेशन परेकाले निर्वाचनको मिति सार्न आग्रह गरेको आफुहरु निर्वाचनको विपक्षमा नरहेको बताएका थिए।

त्रिविले फागुन १४ मा निर्वाचन गर्ने बताएको थियो। यो विचमा चन्दको पार्टी महाधिवेशन चलिरहेको छ भने राप्रपाको शुक्रबारबाट शुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell