PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​लेखापाललाई सार्वजनिक खरिद कानुनबारे प्रशिक्षण



पहिलोपोस्ट

रसुवा : सरकारी निकायबाट खरिद हुने सबै प्रकारका सामग्री एवम् विकास निर्माणका कार्यमा अपनाउनुपर्ने ऐननियमको प्रक्रिया दिशाबोध गराउन यहाँ कार्यरत लेखापालहरुलाई प्रशिक्षण प्रदान गरिएको छ। 

कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा यहाँ कार्यरत ४१ जना लेखापाललाई सार्वजनिक खरिदसम्बन्धी संशोधित ऐननियमको क्षमता अभिवृद्धिसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको हो। 

पहिलोपटक प्रदान गरिएको यस प्रशिक्षणले बजेटको परिधिभित्र रही कानुनको प्रक्रिया पूरा हुने र बेरुजुमा शून्यता आउने विश्वास गरिएको छ। बजेट खर्च गर्दा सरकारको पारदर्शी नीतिलाई आत्मसात गर्दै सूचना प्रकाशित हुने, गुणस्तरीय सामग्री खरिदबाट ग्रामीणवासीले दिगो विकासको प्रतिफल पाउने अपेक्षासमेत गरिएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell