PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​ट्याक्टरको ट्रलीबाट खसेर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु



पहिलोपोस्ट

कञ्चनपुर : ट्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ। 

बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको थियो। 

अस्पतालमै उपचारका क्रममा चौधरीको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell