PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

उत्कृष्ट प्रेम कथालाई 'लभ लभ लभ'को १ लाख



पहिलोपोस्ट

उत्कृष्ट प्रेम कथालाई 'लभ लभ लभ'को १ लाख

काठमाडौं: नेपाली फिल्म प्रचारको शैली फेरिँदो छ। दर्शकलाई गीतको भिडियो बनाउन लगाउनेदेखि गायक गायिका युट्युब मार्फत छान्नु। पब्लिक अटेन्शन फिल्म तर्फ तान्न अनेक तरिका लगाउँदै छन् फिल्म निर्माण युनिट। 
 
लभ स्टोरी ड्रामा 'लभ लभ लभ'ले पनि आम दर्शकका लागि नयाँ प्रतियोगिता घोषणा गरेको छ। फिल्मले लभ स्टोरी लेखन प्रतियोगिता आयोजना गर्ने भएको हो। आफ्नो प्रेमकथा सुरुवातदेखि प्राप्ति वा अन्त्यसम्मको लेखेर पठाउन निर्माण पक्षले आह्वान गरेको छ। 
 
खुला कथा लेखनमा विजेताले एक लाख नगद पुरस्कार पाउने निर्माण युनिटले जनाएको छ। यसअघि लभ लभ लभले भ्यालेनटाइनस् डे विशेष कार्यक्रम आयोजना गरेको थियो।
 
फिल्म निर्माता शर्मिला पाण्डेले भनिन्,'उत्कृष्ट कथामाथि फिल्म बनाउछौं।' 
 
वैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई दीपोन्द्र के खनालले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell