
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आजदेखि काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र शुक्रबार मध्याह्नबाट सुरु हुँदैछ।
उपत्यकाका विभिन्न ५४ स्थानबाट पदयात्रा, र्याली, जुलुस निस्कन सुरु भइससकेको छ। जुलुस र र्यालीका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। र्यालीका कारण सडकमा जाम सुरु भइसकेको छ।
राजधानीका बालाजु, नयाँ बसपार्क, काेटेश्वर, चावहिल, गौशाला, सातदोबाटो, बल्खु, कलङ्की, चक्रपथ, शहीदगेट, रत्नपार्क, पुतलीसडक, बागबजार, भद्रकाली तथा प्रदर्शनीमार्गलगायतका स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या परेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले र्याली निकालिएका क्षेत्रको बैकल्पिक रुट प्रयोग गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
सकेसम सडक अवरुद्ध नहुनेगरि व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।