बलिउडमा एक समय दुई अभिनेता राखेर फिल्म बनाउने चलन थियो। सोले, अन्दाज अपना अपना, इश्क, करण अर्जुन, जोडी नं १, मुझसे सादी करोगी आदी दुई स्टार भएका हिट फिल्मका उदाहरण हुन्।
केहि वर्षयता भने फिल्ममा एकसाथ दुई अभिनेता कमै देखिन्छन्। स्टार अभिनेताहरुको हकमा झन् निकै कम। किन भयो ट्रेन्ड चेन्ज?
मिस कायराले जनाए अनुसार बलिउड फिल्म विज्ञले दुई स्टार राख्नुलाई फिल्मको बजेट बढाउनुको संज्ञा दिएका छन्। भनेका छन्,'महङ्गो रकम तिर्न पर्ने भएकै कारण दुई स्टार अभिनेताहरु एउटै फिल्ममा राख्न निर्माताहरु पछि पर्छन्।'
तर पुन: पुरानो ट्रेन्ड पच्छ्याउदै अक्षय कुमार र ऋतिक रोशन एकै पर्दामा देखिने भएका छन्। अन्तर्वार्तामा अक्षयले भने,'म दुई हिरो भएको फिल्ममा काम गर्दै छु।'
आफूसँगै कुनै अर्को हीरो पनि फिल्ममा देखिनुले केहि असर नगर्ने तर्क राखे। भने,'दुईजना हुँदा त झन् आफूले थोरै काम गर्नुपर्छ नि।'
ऋतिक रोशनले पनि आफू दुई हिरो भएको फिल्ममा देखिन उत्साही रहेको बताएका छन्।
यि दुई एकसाथ देखिने भनिए पनि फिल्मको बारेमा अन्य केहि जानकारी बाहिर आएको छैन।