PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​राप्रपामा चर्कियो गाई र हलोको झगडा



पहिलोपोस्ट

​राप्रपामा चर्कियो गाई र हलोको झगडा

काठमाडौं : लामो कसरतपछि एकिकृत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा चुनाव चिन्हको विवाद बल्झिएको छ।
राप्रपा र राप्रपा नेपालविच एकताहुँदा चुनाव चिन्ह गाई राख्ने सहमती भएको थियो। एकता महाधिवेशनमा राप्रपापक्षले हलोलाई नै चुनाव चिन्ह राख्नुपर्ने माग अगाडि बढाएपछि चुनावचिन्हबारे विवाद शुरु भएको हो।

मंसिर ५ मा भएको एकता घोषणामा पार्टीको नाम राप्रपा राख्ने र चुनाव चिन्ह राप्रपा नेपालले पाएको गाई राख्ने सहमती भएको थियो। पार्टी एकिकरणको घोषणा गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा चुनाव चिन्ह गाई हुने जानकारी दिइएको थियो।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी अध्यक्षमा कमल थापालाई सर्वसम्मत गर्न भएको सहमतीमा अध्यक्षका उम्मेदवार प्रकाशचन्द्र लोहनीले असहमती जनाउँदै बिहीबार बेलुका विज्ञप्ती जारी गरे जसमा चुनाव चिन्ह हलो नै हुनुपर्ने माग उठाएका थिए।

उनले जारी बिहीबार बेलुका जारी गरेको विज्ञप्तिमा उनले पार्टी एकिकरणहुँदा पार्टीको चुनावचिन्ह हलो हुने सहमती भएको दावी गरेका छन्। हलो चुनावचिन्ह लिएर लामो समयदेखि निर्वाचनमा भाग लिएको र हलो चुनावचिन्हसँग पार्टीका कार्यकर्ताको भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन्।


२०४६ को राजनीतिक परिवर्तनपछि पञ्चायत पृष्ठभुमी भएका नेताहरुले राप्रपा थापा र राप्रपा चन्द नामको पार्टी गठन गरेका थिए। दुबै पार्टी एकिकरण भएर राप्रपा भएकोमा २०६२ मा पुन विभाजितहुँदै कमल थापाले राप्रपा नेपाल गठन गरेपछि उनले चुनावचिन्हको रुपमा गाई चयन गरेका थिए।
 
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell