PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​रोल्पा पुगेर प्रचण्डले भने : माओवादीलाई पुन: जंगल पठाउने खेल सुरु भयो



पहिलोपोस्ट

​रोल्पा पुगेर प्रचण्डले भने : माओवादीलाई पुन: जंगल पठाउने खेल सुरु भयो

रोल्पा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गर्न नदिएर माओवादीलाई पुन: जंगल पठाउने खेलमा एकथरि शक्ति लागेको दाबी गरेका छन्।

रोल्पाको लिवाङमा आयोजित एक कार्यक्रममा प्रचण्डले तीन तहको चुनाव गर्न रोक लागाएर माओवादीलाई पुन: जंगल पठाउने खेल भएको दाबी गरेका हुन्।

‘एकथरी मानिस कसरी हुन्छ संविधान कार्यान्वयन हुन नदिने खेलमा लागि परेका छन्,’ उनले भने । समयमै तीनै तहको चुनाव गराएर सिंहदरबारको शक्तिलाई गाउँमा पुर्‍याउन लागेको उनले बताए ।

गाउँपालिका, नगरपालिकासम्मको चुनाव भएपछि गाउँमा नै सम्पुर्ण अधिकार आउने र गाउँका जनप्रतिनिधिबाट नै सबै काम हुने उनले बताए।
दाहालले चुनाव हुन नदिने तत्वहरु विरुद्ध खवरदारी गर्नसमेत आह्वान गरे । जनयुद्धमा अफ्ठ्यारो पर्दा आफू रोल्पामा नै आउने गरेको र यहाँबाट नै समस्याको गाँठो फुक्ने गरेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell