PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्याब्सनको महाधिवेसन फागुन ९ र १० गते हुने



पहिलोपोस्ट

काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १३ औँ राष्ट्रिय महाधिवेशन यही फागुन ९ र १० गते काठमाडौँमा हुँदैछ।
 
'गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता : समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता” भन्ने मूल नारासहित हुने महाधिवेशनमा देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए।
 
करिब ६ हजार शिक्षण संस्था र करिब दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फागुन ८ गतेदेखि मनोनयन हुनेछ। भावी अध्यक्षमा टिका पुरी र विजय सम्बाहाम्फेको समूहले उम्मेदवारी दिने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell