PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

केपी ओलीको भविष्यवाणी : नयाँ शक्ति अल्मलियो, राप्रपाले एमाले बाहेकलाई धक्का दिन्छ



पहिलोपोस्ट

केपी ओलीको भविष्यवाणी : नयाँ शक्ति अल्मलियो, राप्रपाले एमाले बाहेकलाई धक्का दिन्छ

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाले एमाले बाहेकका शक्तिलाइ धक्का दिन सक्ने बताएका छन्। विगतमा आफूले नयाँ शक्ति पार्टीले एमाले बाहेकका शक्तिलाई धक्का दिन सक्ने बताए पनि गलत नीतिका कारण कता हो कता पुगेको टिप्पणी गरे। 

राप्रपाको एकता महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने 'राम्रा नीति लिएर अगाडी बढे एमाले बाहेकका पार्टीलाई धक्का दिन सक्छ। छुँदा मात्रै आशिर्वादले काम लाग्दैन छोराछोरीले पढेनन् भने आशिर्वादले मात्र काम लाग्दैन। राप्रपा सही नीतिका साथ अगाडि बढे एमाले बाहेक अरु शक्तिलाई धक्का दिन सक्छ।'

ओलीले राप्रपाको तारिफ गर्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाइ भने आक्रमण गरे। 

'होसियार हुनुहोला। किनभने अरु पार्टी राष्ट्रियताका सवालमा अलमलमा छन् । एउटा गित छ नि, जाउँ कता जाउँ भन्ने । महाभियोगको प्रस्ताव आउँछ फेल गर्ने कि पास गर्ने थाहा छैन। संशोधन प्रस्ताव फेल कि पास गर्ने थाहा छैन। संविधान संशोधनको विषयमा स्पष्ट अडान हुनुपर्छ। संविधान संशोधन आवश्यकता बोध भए गरौँला। जबरजस्ती अगाडि बढेर सबैले मान्ने भन्ने। एमाले विपक्षमा छ। राप्रपा विपक्षमा छ।'

ओलीले संविधान संशोधनको विपक्षी कित्तामा राप्रापलाई उभ्याए।  राप्रपाले यथास्थितिमा संविधान संशोधन अगाडि बढाउन नसकिने बताउँदै आएको छ। तर राप्रपाले स्पष्ट निर्णय भने गरेको छैन।

'राप्रपाले पनि संविधान संशोधनको विषय मान्दैन भन्ने विश्वास छ। देश र जनताको भावनाको विपक्षमा छ त्यो प्रस्ताव छ। त्यो पारित हुनेवाला छैन', ओलीले भने।

अहिले राष्ट्रिय एकताको प्रश्नमा र समृद्धिको प्रश्नमा हमला भैरहेको बताए। संविधान निर्माणपछि गठन भएको सरकार निर्माणमा सहयोग गरेकोमा ओलीले राप्रपालाइ धन्यवाद दिए।

'राप्रपा नेपालको राम्रो काम भन्ने हो भने त्यो स्वर्ण काल भने हुन्छ। राष्ट्रियताको अडानमा दृढता छन्। तर कहिँलेकाँही बलियो मान्छेलाइ पनि पेट र टाउको दुख्छन्। खलिफा बक्सरहरुलाइ पनि रुघा लाग्छ। भूमीका लागि धन्यवाद', उनले भने।  

राजतन्त्रको पक्षमा पार्टीको महाधिवेशनबाट स्पष्ट हुन लागेको राप्रपालाई ओलीले नराम्रो इतिहास नबोक्न सल्लाह दिए।

'इतिहासका गौरवपूर्ण विषय सम्झनुपर्छ तर इतिहास भनेपछि सबै बोक्नुपर्छ भन्ने छैन। पृथ्वीनारायण मानियो भनेर तिनका सबैकुरा मान्ने पनि हुन्छ कँही? जसले योगदान गरेको छ त्यसलाइ मान्ने जसले गरेको छैन त्यसलाइ नमान्ने।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell