काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तर्साए।
देउवा भन्दा अगाडि बोलेका ओलीले एमाले बाहेकका शक्तिलाई राप्रपाले धक्का दिन सक्ने बताएका थिए। साथै उनले होसियार भन्ने शब्द प्रयोग गरेका थिए।
तर ठिक त्यहि शब्द देउवाले ओलीलाई व्यङ्ग गर्न प्रयोग गरे।
देउवाले भने – 'होस् गर्नुस् है ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापामा आएको छ। उहाँले होस गरे हुन्छ।'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा हो भने उनी त्यहाँबाट निर्वाचित नेता हुन्। त्यसअघि ओलीले महाभियोग र संविधान संशोधनका विषयमा स्पष्ट हुन नसकेकाले राप्रपाले स्पष्ट भएर अरु पार्टीलाइ धक्का दिन सक्ने बताएका थिए।