PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​देउवा भन्छन् – संविधान संशोधन भए बैमनश्यता समाप्त हुन्छ



पहिलोपोस्ट

​देउवा भन्छन् – संविधान संशोधन भए बैमनश्यता समाप्त हुन्छ

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनताको भावनालाई समेटेर नै संविधान संशोधन प्रस्ताव अघि सारको बताएका छन्।

राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले संविधान संशोधन भए तराई, पहाड र हिमालका जनतामा भएको बैमनश्यता समाप्त भएर एकताको भावना विकास हुने दावी गरे।

उनले संविधान संशोधन प्रस्ताव अघि बढाउन राप्रपालाई सहयोग गर्न समेत आग्रह गरे । देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको समेत बताए।

त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विपक्षमा खडा हुन राप्रपालाइ आग्रह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell