PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

टेनिस स्टारले प्रशंसकसँग बाजि हारिन् : जानुपर्‍यो डेट



पहिलोपोस्ट

टेनिस स्टारले प्रशंसकसँग बाजि हारिन् : जानुपर्‍यो डेट

खेलमा बाजी लगाउनु जोखिमपूर्ण काम हो । आफूलाई मन पर्ने टिमको पक्षमा भविष्यवाणी गर्दै बाजी लगाउँदा धेरैको बिल्लीबाठ भएको छ।
क्यानडाकी टेनिस स्टार खेलाडी युजिनी बुशार्डले यसरी नै खेलमा बाजी लगाइन् र हारिन्। बाजी हार्दा उनले घरखेत नै गुमाउनु भने परेन।
आखिर के थियो बाजी !

बिबिसी हिन्दीका अनुसार युएस सुपर बाउलको एटलान्टा फाल्कन र इंग्ल्याण्ड प्याट्रियट्सविचको प्रतिष्पर्धामा बुचार्डले ट्विट गरेर फाल्कनले खेल जित्ने दावी गरिन्। उनले जुन समयमा ट्विट गरेकि थिइन् त्यो बेला फाल्कन २१-० ले अगाडि थियो। त्यसैले उनले ट्विट गरेर यो भविष्यवाणी गरेकी थिइन्।
 

त्यहीबेला उनको एक प्रशंसक जोन जोहर्कले ट्विट गरेर पैट्रियटले खेल जित्ने दावी गर्दै उनीसँग बाजीको सर्त लगाए। सर्त थियो पैट्रियटले खेल जिते उनीसँग डेटमा जाने। बुशार्डले उनको सर्त स्विकार गरिन्। खेल उल्टियो र पैट्रियट्सले खेल जित्यो।

सर्त अनुसार बुशार्डले आफ्नो प्रशंसकसँग डेटमा गइन् र टुइट गर्दै तस्विर सार्वजनिक गरिन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell