PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रयासरत : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रयासरत : प्रधानमन्त्री प्रचण्ड

सरिता पौडेल/पहिलोपोस्ट 

गैँडाकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्वाचनको लागि कटिबद्ध रहेको बताएका छन्। आजदेखि नवलपरासीको देवचुली नगरपालिकामा सुरु भएको 'प्रथम ऐतिहासिक देवचुली महोत्सव'को उद्घाटन गर्दै उनले निर्वाचनको तयारीमा जुट्न स्थानीय निकाय र सबै पक्षलाई निर्देशन दिए। 

सो अवसरमा उनले आर्थिक र राजनैतिक स्थिरता नै विकासको आधार भएको तर्क औँल्याए। लामो सङ्घर्षपछि प्राप्त उपलब्धि उल्टाउन केही शक्ति लागेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनताका सामु त्यो दुष्प्रयास असफल हुने बताए। त्यो शक्ति कुन हो उनले सम्बोधनमा खुलाएन्। 
 
नवलपरासीको सुकुम्बासी समस्या समाधानका लागि सरकार प्रयासरत रहेको उनले बताएका छन्। देवचुली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फागुन १६ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell