PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​राप्रपालाई फकाउँदै प्रचण्डले भने – राप्रपा भनेपछि नजिक नजिक लाग्छ



पहिलोपोस्ट

​राप्रपालाई फकाउँदै प्रचण्डले भने – राप्रपा भनेपछि नजिक नजिक लाग्छ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई फकाउने प्रयास गरेका छन्। संविधान संशोधनको राजनीति र अंकगणितमा चौथो ठूलो दल राप्रपाको भूमीका छ। राप्रपाले अहिलेसम्म संविधान संशोधनको पक्ष वा विपक्षमा खुलेर धारणा राखेको छैन।

प्रचण्डले राप्रपाको एकीकरण सभामा पुगेर भने  - 'म कम्युनिष्ट युद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर। तपाँइहरुसँग सैद्धान्तिक मतभेद छ। तर राप्रपा भनेपछि कता कता नजिक नजिक जस्तो लाग्छ। मिलौँ मिलौँ लाग्छ। कता हो कता भावनाले छुन्छ। टाढा नजानुहोला।'

प्रचण्डले जस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सहयोग गर्न राप्रपालाइ अपिल गरेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मका ओलीले भने संविधान संशोधनको विपक्षमा राप्रपा रहेको बताएका थिए।

प्रचण्ड र देउवाले संविधान संशोधनको पक्षमा हुने नीति पारित गर्न आग्रह गरे भने ओलीले विपक्षमा हुनेगरि नीति पारित गर्न सुझाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell