PahiloPost

Jun 15, 2025 | १ असार २०८२

संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनको प्रकिया सँगसँगै : प्रचण्ड



पहिलोपोस्ट

संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनको प्रकिया सँगसँगै : प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनको प्रकिया सँगसँगै अगाडि जाने बताएका छन्।
राप्रापको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै निर्वाचनको मिति समेत घोषणा हुने बताए।

'संविधान कार्यान्वयन गर्ने वस्तुगत आधार निर्वाचनले दिन्छ। निर्वाचन अपरिहार्य छ। संविधान कार्यान्वयनका लागि निर्विकल्प छ। छिट्टै मिति तिथी पनि घोषणा गरिनेछ', उनको भनाई थियो।

उनले राप्रपाले राष्ट्रवादी छवि बनाउने खोजेकोबारे आफू जानकार रहेको उल्लेख गर्दै त्यसको विषयमा स्पष्ट हुन सुझाए।

संशोधन विधेयक अगाडि बढाउने प्रक्रिया र स्थानीय निर्वाचनको विधेयक सँगसँगै अगाडि बढाउनेछ।

'कुनै जाती विशेष, क्षेत्र विशेष, भाषा विशेषलाई अपमान गर्न खोज्नु राष्ट्रवाद हुन सक्दैन। मधेस पहाड हिमाललाइ समेट्न अधिकमत प्रयास गर्नु राष्ट्रवाद हो। तपाँइहरुको राष्ट्रवादी पहिचानलाइ मधेस पहाड र हिमाललाइ जोड्ने विभेदमा राख्ने होइन भन्ने नीति पारित गर्नुहुनेछ भन्ने विश्वास छ।'
प्रचण्डले संसदको चौथो ठूलो दल राप्रपालाइ संविधान संशोधनमा फकाउने प्रयास गरे। उनले राप्रपालाइ फकाउँदै भने – 'म कम्युनिष्ट युद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर। तपाँइहरुसँग मतभेद छ। तर राप्रपा भनेपछि नजिक नजिक जस्तो लाग्छ। मिलौँ मिलौँ लाग्छ। कता हो कता भावनाले छुन्छ। टाढा नजानुहोला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell