PahiloPost

Jun 24, 2026 | १० असार २०८३

‘विपद् पत्रकारिता’ सार्वजनिक



पहिलोपोस्ट

काठमाडौँ : चार वरिष्ठ सञ्चारकर्मीको संयुक्त लेखनमा ‘विपद् पत्रकारिता’ सम्बन्धी पुस्तक प्रकाशनमा आएको छ।
 
आमसञ्चार विषयका प्रा. रामकृष्ण रेग्मी, पत्रकार श्रीरामसिंह बस्नेत, बद्री तिवारी र विष्णुप्रसाद शर्मा पराजुलीले सो पुस्तक लेखेका हुन्। उक्त पुस्तकमा सङ्कट सञ्चार तथा प्राकृतिक विपद्को स्थिति, आमसञ्चार माध्यममा विपद् सूचना प्रवाह, विपद् सुरक्षा चासो तथा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण, विपद् पत्रकारिता नैतिकता, विपत्मा सञ्चारको महत्व र आवश्यकताबारे व्याख्या गरिएको छ।
 
राष्ट्रिय सञ्चार विकास केन्द्रले प्रकाशनमा ल्याएको उक्त पुस्तकको आज नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन डारेन ह्वाइट र सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संयुक्त रुपमा विमोचन गरे।
 
सो अवसरमा राजदूत ह्वाइटले प्राकृतिक विपद् संवेदनशील विषय भएकाले पत्रकारले रचनात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने औँल्याउँदै प्राकृतिक विपद्बारे समुदायस्तरमा अभिमुखीकरण गर्न आफ्नो देशले निरन्तर सहयोग गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell