
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा केन्द्रीय सदस्य नायिका रेखा थापाले मोबाइल खेलाएर र प्रशंसकहरुसँग सेल्फी खिचेर दिन बिताइन्।
(7).jpg)
माओवादी केन्द्र छाडेर 'मन मिल्ने पार्टी' भन्दै राप्रपामा प्रवेश गरेकी उनले मञ्चमा ठाउँ पाइनन्। मञ्चमुनि उनले दर्शकको बीचमा छेउतिर कुर्सीमा बसेर दिन कटाइन्।
.jpg)
नेपाली फिल्म नगरीकी कहलिएकी नायिका मञ्च तल बस्नुपर्दाको झ्याउलो उनको मुहारमा झल्किएको थियो। कोही फोटो खिच्न आउँदा उनी हाँसेझै गर्थिन्। फोटो खिच्ने क्रम सकिए पछि पुनः उनको मुहार ग्रहण लागेझैँ देखिन्थ्यो।
(13).jpg)
अर्की चर्चित गायिका कोमल वलीले कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएकीले दिनभर ब्यस्तै भइन्।
(27).jpg)
भ्रष्टाचारको आरोप लागेपछि एन्फामा बस्न नसकेर सुरिक्षत हुन समानुपातिक सभासद्को रुपमा राजनीतिमा होमिएका गणेश थापाको हाल पनि उस्तै थियो।
(18).jpg)
प्राय कार्यक्रमहरुमा मञ्चको केन्द्रभाग पाउने उनी पनि दिनभर मञ्च तल नमिठो मुहार लगाएर बसिरहे । धन्न रेखाले कुर्सी पाएकी थिइन्। गणेशले त कुर्सी समेत पाएनन्। कुर्सीको अभावमा उनले साउन्डबक्समाथि बसेर दिन कटाए।