PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

भारतको चर्चित समूह बम्बे भाइकिङ्ग्सका गायक नेपालमा



पहिलोपोस्ट

भारतको चर्चित समूह बम्बे भाइकिङ्ग्सका गायक नेपालमा

काठमाडौं : वह चली वह चली, रघुपती राघव राधा राम लगायतका चर्चित हिन्दी गीतका गायक निरज श्रीधर काठमाडौं आएका छन्। उनी शनिबार हुने एक च्यारिटी कन्सर्टका लागि नेपाल आएका हुन्।

बम्बे भाइकिङ्ग्स समूहका उनी 'वह चली वह चली, रघुपती राघव राधा राम, तुम्ही हो बन्धु, पापा जग जाएगा, ट्विस्ट, क्यारेक्टर ढिला है जस्ता चर्चित गीतका गायक हुन।

शुक्रबार कन्सर्टबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उनले नेपाली स्रोता र दर्शकको मायालाई सम्बोधन गर्न पाउँदै खुसी लागेको बताए।

'चिसोका कारण मेरो घाँटी दुखेको छ। तर म नेपाली स्रोतालाई निराश पार्ने छैन। म आफूसँगै स्रोता र दर्शकलाई उत्साही बनाउनेछु' उनले भने,'बाहिरबाट आउने कलाकारलाई धेरै भ्याल्यु दिइन्छ। यस्तो नेपालमा मात्र हुने होइन। म खुसी छु किनकी मसँगै नेपाली कलाकारले पनि प्रस्तुती दिंदै छन्।'


राउण्ड टेबल र जिलको संयुक्त प्रस्तुती रहेको कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्चने कार्यक्रम संयोजकको दाबी छ। कन्सर्ट फेब्रअरी १८ मा जावलाखेल ग्राउन्डमा हुँदैछ। बेलुकी पाँच बजे सुरु हुने कार्यक्रममा उल्लेखनिय दर्शक, स्रोताको सहभागिता रहने अपेक्षा उनले व्यक्त गरे।

व्यवस्थापक रहेको नासिर हुसेनले भने,'राम्रो कामका लागि सहयोग र साथ मिल्छ । झन् हामीसँग त उत्कृष्ट बलिउड गायक पनि हुनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell