PahiloPost

Jun 24, 2026 | १० असार २०८३

स्ववियु निर्वाचनको नयाँ कार्यतालिका आयो, फागुन ११ बाट प्रकृया शुरु



पहिलोपोस्ट

स्ववियु निर्वाचनको नयाँ कार्यतालिका आयो, फागुन ११ बाट प्रकृया शुरु

काठमाडौं : त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए।

यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । 

उनले नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने बताउँदै नयाँ निर्वाचन कार्यतालिका अनुसार सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गरे।

नयाँ कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया यही फागुन ११ गते देखि सुरु हुँदैछ । सो दिन निर्वाचन मतदानमा सहभागीको मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान गरिने छ । 

रजिस्ट्रार उप्रेतीले निर्वाचन कार्यतालिका सुरु भएका क्याम्पसमा पहिलेकै प्रक्रिया मान्दै बाँकी नयाँ कार्यतालिकानुसार बढ्ने बताए। अनेरास्ववियु (क्रान्तिकारी) लगायत केही विद्यार्थी सङ्गठनको विरोधका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।
 रासस 
फोटो: www.nepaljapan.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell