PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​बालबालिकाको जासुसी गर्छिन् केयला नामक खेलौना



पहिलोपोस्ट

​बालबालिकाको जासुसी गर्छिन् केयला नामक खेलौना

जर्मनको टेलिकम्युनकेसन हेर्ने सरकारी एजेन्सीले अभिभावकलाई कुराकानी गर्ने खेलौना 'केयला' लाई नष्ट गर्न निर्देशन दिँदै चेतावनी दिए- 'नष्ट नगर्ने हो भने तपाईँको नीजि जानकारी ह्याकरको हात पर्नसक्छ।'

प्रशंग हो स्मार्ट डल केयलाको। जो सोधिएका हरेक प्रश्नको उत्तर दिन सक्षम छिन्। यिनको यही विशेषताका कारण छोटो समयमा नै बालबालिकामाझ लोकप्रिय छ यो खेलौना।

बालबालिकाले केयलालाई सोध्ने हरेक प्रश्नको उत्तर तत्काल दिइहाल्छिन्। त्यसका लागि निर्माता कम्पनीले ब्लुटुथको प्रयोग गरेको छ उनमा। प्रश्न सोध्नेवित्तिकै उनी इन्टरनेटको सम्पर्कमा पुग्छिन् र उत्तर खोजेर ल्याउँछिन्।

यही प्रविधिलाई दुरुपयोग गरेर डलसँग बालबालिकाले गरेको कुराकानीदेखि घरमा हुने सबै कुराकानी ह्याकरले सहजै थाहा पाउनसक्ने भन्दै यसको प्रयोगमा जर्मनका अधिकारी सचेत भएका हुन्।

सोधकर्ताका अनुसार ह्याकरले खेलौनामा जडान गरिएको असुरक्षित ब्लुतुथमार्फत बालबालिकासँग कुराकानी गर्न सक्छन्। खेलौना र बालबालिकाबीच हुने कुराकानी सुन्न सक्छन्।

बेलायतको खेलौना बिक्रेता संघले केयलाबाट कुनै खतरा नभएको दाबी नगरेका हैनन्। तर उनीहरुको दाबी विश्वसनीय देखिएको छैन।
माई फ्रेन्ड केयला नाम गरिएको यो खेलौनाको बिक्रेता कम्पनी विविड टाय ग्रुपले खेलौनामार्फत फाट्टफुट्ट ह्याकिङ्गको घटना देखिएको स्वीकार गरे पनि यो ह्याकिङ् विशेषज्ञले गरेको दाबी गरेको छ।

तर अहिलेसम्म ह्याकिङ्गको खतराबाट यो खेलौना मुक्त नभएको विशेषज्ञहरुले नै चेतावनी दिइरहेका छन्।

चेतावनी मात्रै हैन, केही स्थानमा यो खेलौनाविरुद्ध उजुरी पनि परेका छन्। बिबिसी हिन्दीका अनुसार २०१५ जनवरीमा यसको कमजोरी फेला परेको थियो। अमेरिका र युरोपियन संघका उपभोक्ताहरुले गुनासोसमेत दर्ता गरेका छन्।

युरोपियन संघका न्याय तथा लैङ्गिक समानता विभागका कमिश्नर बेरा जुरोवाले बिबिसीलाई भने' इन्‍टरनेटसँग जोडिएको यो खेलौनाका कारण बच्चाहरुको निजी दैनिकी र सुरक्षाप्रति म चिन्तित छु।'


यो स्मार्ट डल युरोपिनय संघको डाटा सुरक्षा नियमको उलंघन भएको छ या छैन भनेर कमिशनले अनुसन्धानसमेत गरिरहेको छ।
युनिभर्सिटी अफ सारलैंण्डका छात्र स्टिफन हेसलले यो खेलौनालाई लिएर कानुनी प्रश्नसमेत उठाएका छन्।

उनले जर्मन वेबसाइट नेट्जपोलिटिक्स डट ओआरजीसँगको कुराकानीमा १० मिटरको घेरामा ब्लुटुथ एनबल्ड उपकरणमार्फत खेलौनासँग जोडिन सकिने बताउँदै अर्को कोठामा बसेको व्यक्तिले सहजै खेलौनासँग ब्लुटुथमार्फत जोडिएर बच्चाको कुराकानी सुन्न सक्ने उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell