
फेसबुक पेजमा सन्देश आयो' कमिङ् सुन विथ धमाका ।' सन्देसबाहक थिए कुख्यात भारतीय गुण्डा आनन्दपाल सिंह।
सन्देशलाई प्रहरीले त्यति गम्भिरतापूर्व लिएको थिएन । सन्देश आएको दोस्रो दिन आनन्दपालको गाउँमा प्रहरीमाथी गोली हानियो। भारतको जसवन्त चौकीका प्रमुख लादुसिंह गोली लागेर घाइते भए। यो घटनापछि भारतको राजस्थानमा आनन्दपालको आतंक फैलियो।
त्यसको ५ दिनपछि फेरि आनन्दपालको फेसबुक पेजमा अर्को सन्देश आयो' १० दिनपछि फेरि एक पटक आतंक मच्चिनेछ।'
हतियारसहित राखिएको दोस्रो सन्देशलाई प्रहरीले गम्भरितापूर्वक लियो र आनन्दपालको खोजी शुरु गर्यो र आनन्दपालको नाममा फेसबुक पेज चलाएको आरोपमा २ जना पक्राउ समेत परे।
न्युज१८ का अनुसार दुइजनाको पक्राउपछि केही समय फेसबुकमा धम्की आउनेक्रम रोकियो। प्रहरी ढुक्क भयो। तर पुन एक पटक उनै आनन्दपालको फेसबुकपेजमा अर्को धम्की आयो ३ दिन अगाडि आएको धम्कीपूर्ण सन्देशमा भनिएको छ' जसको समय नजिकै छ उ बाँच्ने प्रयास शुरु गर। पून आउँदैछु।'
यो सन्देशसँगै प्रहरी पुन आनन्दपालको सहयोगीको खोजीमा जुटेको छ।