PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बम्बे भाइकिङ्ग्सका गायक निरजले भने : नेपालमा घर किन्ने रहर छ



पहिलोपोस्ट

बम्बे भाइकिङ्ग्सका गायक निरजले भने : नेपालमा घर किन्ने रहर छ

काठमाडौं: जावलाखेल ग्राउन्डमा 'बम्बे भाइकिङ्स'का गायक निरज श्रिधरले नेपाली दर्शक/ स्रोतालाई आफूसँगै नचाए। कार्यक्रममा बोल्दै उनले गीतमार्फत तपाईंहरुसँग कुरा गर्छु भन्दै नेपाली स्रोताको ध्यान ताने।

निरज अरु गायक गायिका भन्दा फरक ढङ्गले प्रस्तुत भए। उनी स्टेजमा एक्लै उभिएर गाएनन्। स्टेजबाट तल झरे र आफ्नो गीतमा झुमिरहेका स्रोतासँगै सामेल भए। माइक दिए र गाउन आग्रह गरे। उनी मञ्चमा आए लगत्तै स्रोताले उनको चर्चित गीत 'वह चली' गाउन आग्रह गरे।


उनले आफ्ना चर्चित गीतहरु रघुपती राघव राजाराम, तुम्ही हो बन्धु, पापा जग जाएगा लगायतका गाउँदा स्रोता उनीसँगै झुमेका थिए।
जिल र राउन्ड टेबलको संयुक्त प्रस्तुती रहेको च्यारिटी कन्सर्टका लागि उनी उनी शुक्रबार नेपाल आएका थिए।

कार्यक्रममा नेपाली ब्यान्ड कोरसको पनि प्रस्तुती रहेको थियो। निरजले नेपाललाई स्वर्गको टुक्रा बताए। उनले भने 'भाग्यले साथ दियो भने यो ठाउँमा एउटा घर किन्ने रहर छ।'

उनी दोस्रोपटक नेपाल आएका हुन्। उनले नेपालीको सरल ब्यबहारबाट प्रभावित भएको बताए। 'यहाँका मान्छे राम्रा हुन्छन् तर उनीहरुले 'सर' भनेर सम्बोधन गरेको राम्रो लाग्दैन',उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell