PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​रेखा थापा र कोमल ओली राप्रपा केन्द्रीय सदस्यमा चुनाव लड्ने



पहिलोपोस्ट

​रेखा थापा र कोमल ओली राप्रपा केन्द्रीय सदस्यमा चुनाव लड्ने

काठमाडौं : पार्टी एकीकरणपछिको राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकीकरण महाविधेशन काठमाडौंमा जारी छ। एकीकरण महाधिवेशनको बन्दसत्रको कार्यक्रम जारी रहँदा पार्टीको नेतृत्व कसले लिने बहस पनि तात्दै गएको छ। नेतृत्वमात्र हैन पदाधिकारी र केन्द्रीय सदस्यको भावी समीकरणमा पनि बहस भइरहेको छ।

आइतबारदेखि हुने चुनावी कार्यक्रममा अध्यक्ष र केन्द्रीय सदस्यका आकाक्षीले आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन्। राप्रपाको शनिवार पारित विधान अनुसार पदाधिकारी अध्यक्षबाट मनोनित हुनेछन्। केन्द्रीय सदस्यमा भने प्रतिस्पर्धा हुनेछ।

गत बुधबारको सहमति अनुसार नेता कमल थापालाई पार्टी अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय भएको थियो। तर, सहमतिको भोलिपल्टै अर्का प्रत्याशी डा. प्रकाशचन्द्र लोहनीले सहमति तोडिएको घोषणा गरेका थिए। लोहनीले उम्मेदवारका लागि महाधिवेशन स्थलमा प्रचार–प्रसार गरिरहेका छन्।  

अध्यक्षमा दुवै नेताको दावी कायमै छ। तर, चुनावी कार्यक्रम भने आइतबारबाट सुरु हुनेछ। 

राष्ट्रिय समाचार समितिले राससले केन्द्रीय सदस्यमा चर्चित कलाकार रेखा थापा, कोमल ओलीले पनि प्रतिस्पर्धा गर्ने निश्चित भएको उल्लेख बताएको छ। 

थापामा माओवादी केन्द्रबाट राप्रपामा प्रवेशी गरेकी हुन्। ओलीको राप्रपा प्रवेश विवादमा आएपछि रेडियो नेपालको जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell