काठमाडौं : नेपाल टेलिकमले एकैपटक एक सय ५५ दरवन्दीमा कर्मचारी पदपूर्तिका सूचना निकालेको छ । एक सय ५५ मध्ये ९९ जना अधिकृत कर्मचारी छन्। विज्ञापन अनुसार सवैभन्दा बढी टेलिकम इन्जिनियर तह ७ मा ४० जना रहेका छन् ।
टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्ममा पदपूर्ति आह्वान गरेको हो। टेलिकमले अधिकृत स्तरको तह ६ मा व्यापार, कानुन, लेखा तर्फ गरी १६ जना माग गरेको छ ।
उपप्रबन्धक तह ९ मा २ जना, तह ८ को बरिष्ठ इन्जिनियर ५ जना माग गरिएको छ ।
यस्तै, तह ३ को जुनियर टेक्निसियनमा २५ र तह ४ तर्फ टेक्निसियनमा ३१ जना कर्मचारी पदपूर्तिको माग भएको हो।
फागुन ८ गतेबाट ३० दिनसम्म फारम भर्न सकिनेछ। दोव्वर दस्तुर तिरी अर्को ७ दिनसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। दरखास्त काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यका बाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु बिराटनगर, बीरगन्ज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिनेछ।
परीक्षा दस्तुर तह १० को लागि एक हजार, तह ८ र ९ का लागि आठ सय, तह ६ र ७ का लागि सात सय रुपैयाँ लाग्नेछ। यस्तै तह ४ का लागि पाँच सय र तह ३ का लागि तीन सय रुपैयाँ लाग्नेछ।
विज्ञापनसम्वन्धी विस्तृत जानकारी www.ntc.net.np मा उल्लेखित छ।