PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मिडियाविरुद्ध फेरि खनिए डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

मिडियाविरुद्ध फेरि खनिए डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि मिडियाविरुद्ध खनिएका छन्
 
फ्लोरिडामा आयोजित र्‍यालीमा उनले आफ्ना समर्थकहरुलाई मिडियाले साँचो कुरा देखाउन नचाहेको बताए। आफ्नो एजेन्डामा काम गरिरहेको आरोपसमेत लगाए।
 
ट्रम्पको भाषण सुन्नका लागि फ्लोरिडाको मेलवर्नमा निकै ठूलो भीड जम्मा भएको थियो। त्यही सभामा उनी मिडियाविरुद्ध बोलेका हुन्। ट्रम्प योभन्दा अघि पनि आफ्ना पत्रकार सम्मेलनहरुमा मिडियाविरुद्ध खनिइसकेका थिए।

भाषणमा राष्ट्रपति ट्रम्पले भने, 'म अमेरिकावासीसँत सीधा रुपमा साँचो संवाद गर्न चाहन्छु।' उनले मिडियालाई बेइमान भएको आरोप लगाउँदै भने, केही मिडिया संस्थानहरु साँचो कुरो छाप्न चाहँदैनन्। उनले ती मिडियाहरुले आफूबारे झुठो खबर छापिरहेका आरोप लगाए। आफूले मिडियाको सत्यता बाहिर ल्याउने क्रम जारी राख्ने पनि उनले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell