PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

वैशाखभित्र स्थानीय तहको चुनाव गर्न कांग्रेस र माओवादी सहमत



पहिलोपोस्ट

वैशाखभित्र स्थानीय तहको चुनाव गर्न कांग्रेस र माओवादी सहमत

काठमाडौँ : नेपाली कांग्रेस र माओवादी केन्द्रबीच वैशाखभित्र नै स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको दुई पार्टीबीचको बैठकले यस्तो सहमति गरेको हो।

निर्वाचन आयोगसँगको छलफलपछि चुनावको मिति घोषण गर्ने माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, ‘प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भए पनि वैशाखमा नै चुनाव गर्नुपर्ने कुरामा जोड दिनुभयो र चाँडो चुनावको मिति तय गर्ने सहमति गर्नु भएको छ।’ सोमबार बस्ने मन्त्री परिषद्को बैठकमा छलफल गरी अर्को बैठकले चुनावको मिति तय गर्ने भुसालले जानकारी दिइन्।
 
नेकपा एमाले पनि जतिसक्दो चाँडो निर्वाचन गर्ने पक्षमा सरकारलाई दवाव दिँदै आएको छ। तर मधेसी मोर्चा भने संविधान संशोधन नगरी चुनावमा गएर आन्दोलन गर्ने चेतवानी दिँदै आएको छ। नेता भुसालले मधेसी मोर्चासँग छलफल गरेर स्थानीय तहको संख्या कति राख्ने भन्ने विषयमा समेत छलफल गरिने बताइन्।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस महामन्त्री शशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादवलगायत सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell