PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगन्ज उपमहानगरपालिकाले भत्कायो घण्टाघरको तरकारी बजार, प्रशासन र पसलेबीच तनाव



राधेश्याम पटेल

वीरगन्ज उपमहानगरपालिकाले भत्कायो घण्टाघरको तरकारी बजार, प्रशासन र पसलेबीच तनाव

वीरगन्ज : वीरगन्जको घण्टाघर आइतबार बिहानदेखि अशान्त बनेको छ। स्थानीय प्रहरी प्रशासन र तरकारी व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको छ। वीरगन्ज उपमहानगरपालिकाले घण्टाघरको उत्तर विपी उद्यानको जग्गामा लाग्ने तरकारी बजारलाई खाली गराएपछि दुवै पक्षबीच झडप तथा तनाव सुरु भएको हो। तरकारी व्यवसायीहरु केहीबेर घण्टाघरमा तरकारी फालेर प्रर्दशनसमेत गरेका छन्।
 
नगरपालिकाले सो स्थानको घर टहरा हटाउन पटकपटक सार्वजनिक सूचना जारी गर्दै आएको थियो। पसलेहरुले सूचनाको वेवास्ता गरेपछि स्थानीय प्रशासनको सहयोगमा वीरगन्ज उपमहानगरपालिकाले तरकारी बजार खाली गराउन घर, टहरा, छाप्रोलगायतको संरचना भत्काएको वीरगन्ज उपमहानगरपालिकाले जनाएको छ।
 
वीरगन्ज नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारीका अनुसार पछिल्लो पटक तीन दिन पहिले घर, टहरा,छाप्रो आदि हटाउने सार्वजनिक सूचना गरी आवश्यक कारबाही अघि बढाइएको थियो। उनका अनुसरार गत माघ १४ गते घण्टाघर भन्दा उत्तरमा रहेको करिब ९ विघा जग्गामा उद्यानको लागि पर्खाल बनाउने टेण्डर आह्वान गरिसकिएकोले भौतिक संरचना खाली गराइएको बताए।
 
वीरगन्ज मीना बजारको भवन ‘मीना कम्पलेक्स’को काम पनि गत वर्षनै सम्पन्न भइसकेको हुनाले सम्पूर्ण तरकारी व्यवसायीहरुलाई पुरानो बजारमा स्थानान्तरण हुनको लागि प्रमुख कार्यकारी अधिकृत अधिकारीले आग्रह गरेका छन्।
 
पहिले गहवा माई मन्दिरभन्दा उत्तरमा रहेको मीना बजारमा तरकारी तथा फलफूल बजार लाग्ने गर्थ्यो। त्यहाँ ठाउँ ठाउँमा तीन वर्षयता आधुनिक तरकारी, फलफूल तथा माछामासु पसल निर्माण हुन थालेपछि उक्त बजार घण्टाघरमा सरेको थियो। तरकारी पसलेहरुका अनुसार पुरानो बजारभन्दा घण्टाघरमा लाग्ने बजारमा राम्रो आम्दानी हुन्छ।


यता, तरकारी तथा फलफुल व्यवसायी संघ पर्साका सदस्य दीलिप वर्णवालले नगरपालिकाले तोकेको मीना कम्पलेक्स भवनको एउटा कोठाको भाडा धेरै महंगो पर्ने भएकोले तरकारी पसले सो स्थानमा जान नमानेको बताउँछन्। साथै, मीना कम्पलेक्सको निर्माणमा ठेकेदारले अनियमितता गरी त्यसको हर्जाना पनि तरकारी पसलेमाथि थुपार्ने काम भएको उनले बताए। सबै तरकारी पसले अहिले आक्रोशित छन्, आइतबार नै वीरगन्ज उपमहानगरपालिका घेराउ गर्ने कार्यक्रम तरकारी व्यवसायीहरुले बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell