PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मदनकृष्ण श्रेष्ठको पुस्तक ‘साझा पृथ्वी' सार्वजनिक



पहिलोपोस्ट

मदनकृष्ण श्रेष्ठको पुस्तक ‘साझा पृथ्वी' सार्वजनिक

काठमाडौं : हास्यकलाकार मदनकृष्ण श्रेष्ठको किताब ‘साझा पृथ्वी' विमोचन भएको छ। शनिबार ललितपुरको झम्सिखेलमा कार्यक्रम आयोजना गरी किताब सार्वजनिक गरिएको हो।

कार्यक्रममा किताबको अंशको नाटकसमेत प्रस्तुत गरिएको थियो। आइडियल मोडल स्कुलका बालबालिकाले किताबको अंशलाई नाट्य रुपान्तरण गरेका हुन्।

श्रेष्ठले आफ्नो किताब सम्पूर्ण बालबालिकाका लागि भएको बताए। भने, 'किताब सानो छ तर यसमा हाम्रो नयाँपुस्ताले जान्न पर्ने धेरै कुरा अटाएको छ।'

श्रेष्ठले टेलिसिरियलका लागि लेखेको पटकथालाई किताबको स्वरुप दिएका हुन्। उनको किताबमा आफूले पृथ्वीबारे जानकारी समेटेको र त्यो भन्दा पहिले देशभित्र बारे आजका पुस्ताले जान्न पर्ने विषय उल्लेख गरेको बताए।

किताब लोकार्पण गर्दै लेखक तथा व्यवसायी कर्ण शाक्यले भने, 'अर्थपूर्ण किताब छ। नेपाल भित्रको विषय बस्तुलाई किताबमा उठाइएको छ। पढ्नु पढाउनुपर्छ।'

किताबलाई काठमाडौं पब्लिकेशनले प्रकाशन गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell