PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फेरि 'रिजेक्ट' गरे ऋतिक रोशनले करण मल्होत्राको फिल्म



पहिलोपोस्ट

फेरि 'रिजेक्ट' गरे ऋतिक रोशनले करण मल्होत्राको फिल्म

फिल्म 'काबिल'को सफलतासँगै नयाँ प्रोजेक्टको तयारीमा रहेका ऋतिक रोशनले निर्देशक करण मल्होत्राको फिल्म रिजेक्ट गरेका छन्। उनले दोस्रो पटक मल्होत्राको अफर रिजेक्ट गरेका हुन्। यसअघि फिल्म 'शुद्धि'का लागि काम गर्न मानेका थिएनन्।

बलिउड हंगामाले जनाए अनुसार मल्होत्राको नयाँ प्रोजेक्ट 'आउट अफ द बक्स' करण जोहरको धर्म प्रोडक्शनले निर्माण गर्दैछ। कमेडी जानराको फिल्मका लागि करण मल्होत्रा र जोहर दुवै ऋतिककोमा गएका थिए। जसमा मुख्य नायकको डबल रोल रहेको छ। 

फिल्म उनले किन गर्न चाहेनन् भन्ने बारे ऋतिक केही बोलेका छैनन्। ऋतिकले बलिउड मिडियासँग भने,'मैले अहिले कुनै नयाँ फिल्म साइन गरेको छैन। अब अगाडि के गर्ने भन्ने बारे सोच्दै छु।'

उनी अहिले पूर्व पत्नी सुसेनसँगको सहकार्यमा अपाङ्ग बालबालिकाका लागि काम गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell