PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फिल्म छोडेपछि विद्या बालनलाई कानुनी कारवाहीको चेतावनी



पहिलोपोस्ट

फिल्म छोडेपछि विद्या बालनलाई कानुनी कारवाहीको चेतावनी

बलिउड अभिनेत्री विद्या बालन विरुद्द फिल्म छोडेको आरोपमा मुद्दा दर्ता हुने भएको छ। हिन्दी लेखक कमला दासको बायोपिकको छायांकन सुरु हुनु अघि हात झिकेको भन्द उनलाई कानुनी सजाय दिन लागिएको बलिउड हंगामाले जनाएको छ।

विद्याले फिल्मका लागि कन्ट्र्याक साइन गरिसकेकी थिइन्।

उनले फिल्म छोडेको जानकारी दिंदै निर्देशक कमलले भने,'निर्माण युनिटलाई जिस्काएको जस्तो भयो। फिल्म मनोरन्जन मात्र होईन व्यवसाय पनि हो। फिल्ममा लगानी गर्नेहरुको बारेमा पनि विद्याले सोच्नु पर्थ्यो।'

उनले आफूले निर्माताहरुलाई कानुनी झनझट् नगर्न आग्र समेत गरेको बताएका छन्। भने,'जे भयो भयो। हामीले विद्याको ठाउँमा उत्कृष्ट पात्र भेटेका छौं।'

फिल्मको मुख्य भूमिकाका लागि मन्जु वारियर अनुबन्धित भएकी हुन्। मन्जुले फिल्म साइन गरे लगत्तै रोक्किएको काम पुन: सुचारु भएको जानकारी दिए। कमलका अनुसार फिल्म निर्माण पक्ष भने विद्यासँग अझै रिसाएका छन् र माफ गर्ने पक्षमा छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell