PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राप्रपा अध्यक्षमा राणाले पनि दिए उम्मेद्वारी



पहिलोपोस्ट

राप्रपा अध्यक्षमा राणाले पनि दिए उम्मेद्वारी

काठमाडौँ : राप्रपाको एकता महाधिवेसनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीपविक्रम राणाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन्।
 
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी घोषणा गरेका हुन्।

राणाले भने,‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म मागे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसक्यो, तपाईँले पाउनुहुन्न भनेर थर्काउन थाले। के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ?, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दबाब र कसैको भनसुनमा उम्मेद्वारी दिइरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु।’

उनले अघि थपे, ‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिइएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घाक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यही हो उदारवाद? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा? 

आफूलाई धम्की आइरहेको र आफ्नो जीवन सुरक्षा गरिदिन प्रहरी प्रशासनलाई आग्रह गर्दै भने,‘मलाई धम्क्याउने र थर्काउने काम भैरहेको छ, मेरो जीवनको सुरक्षा प्रशासनले गर्नुपर्छ, म अध्यक्षको लागि मैदानमा छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell