PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सिके राउत समर्थकद्वारा रुपन्देहीमा प्रहरी चौकीमाथि आक्रमण, चार प्रहरी घाइते



पहिलोपोस्ट

रुपन्देही : रुपन्देहीको दक्षिणी प्रहरी चौकी बडबलियामा सिके राउत समर्थकले ढुंगामुढा प्रहार गरेका छन्।

आज दिउँसो चौकीमा आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायरसमेत गरेको थियो। झडपमा ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ। आक्रमणकारीले चौकीमा रहेको हातहतियारसमेत लुटेर लगेका छन्।

शनिबार पनि प्रहरी र सिके कार्यकर्ताबीच झडप भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell