PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

दुर्घटनामा दिदी गुमाएका भाइ भन्छन्, 'हामीलाई प्रशासनले नै दु:ख दियो'



पहिलोपोस्ट

काठमाडौँ : शुक्रबार बालाजुस्थित माछापोखरी सडकखण्डमा दुर्घटनमा ज्यान गुमाएका दुई युवती रीमाकुमारी राई र सोनिया थापाको शव महाराजगञ्जको टिचिङ शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ।

अहिले आफन्त गुमाउनुको पीडामा छन् थापा र राई परिवार। आफ्ना छोरीहरुको शव बुझेर अन्तिम संस्कार गर्नुपर्ने समयमा यी परिवारको बास अहिले बालाजुको प्रहरी चौकीमा भएको छ। दुर्घटना गराउनेलाई कानुनअनुसार सजाय दिलाउन उनीहरु लागिपरेका छन्। तर दुर्घटना गराउने पक्षलाई प्रहरीले उन्मुक्ति दिन खोजेको भन्दै उनीहरु प्रशासनप्रति नै आक्रोशित छन्। धादिङ घर भएकी मृत सोनिया थापाका भाइ सुमन भन्छन्, ‘हामीलाई प्रशासनले नै दु:ख दियो, तीन दिन भइसक्दा पनि दुर्घटना गराउने ट्रकका संचालक समितिलाई प्रहरीले झिकाउनसमेत सकेको छैन।’ एक दिन, दुई दिन भन्दै प्रहरीले झुलाको झुलायै गरेको उनीहरुको आरोप छ।
 
शुक्रबार दिउँसो बालाजुको माछापोखरी सडकमा ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राई र थापाको त्यसै दिन मृत्यु भएको थियो। पीडितले न्याय नपाएको भन्दै शनिबार माछापोखरी सडकखण्ड केहीबेर अवरुद्धसमेत गरेका थिए। ठक्कर दिने ट्रक भने नारायणी यातायात संघको रहेको छ। समितिका सदस्य आएर छलफल नगरेसम्म मृतको शव नबुझ्ने परिवारको भनाइ छ।

महानगरीय प्रहरी वृत बालाजुका डिएसपी सन्तोष तामाङले आफूहरुले मृत परिवारलाई असहयोग नगरेको दाबी गरे। उनले ट्रक चालकलाई पक्राउ गरिसकेको र समितिका सदस्यलाई समेत जानकारी गराएको बताए। उनले भने, 'नारायणीबाट आउनु परेकाले केही समय लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell