PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

भन्सार झुक्याउन डेढ किलोको सुनको सिक्री र बाला लगाउने भारतीय नागरिक पक्राउ



सविन ढकाल

भन्सार झुक्याउन डेढ किलोको सुनको सिक्री र बाला लगाउने भारतीय नागरिक पक्राउ

काठमाडौँ : भारतीय नागरिक अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। विमानस्थलमा झुक्याउन गलामा आधा किलो तौलको सिक्रि र त्यत्तिकै तौलको बाला लगाएर दुबई जान विमानस्थल पुगेका भारतीय नागरिक कश्यप कान्ति पक्राउ परेका हुन्।

उनलाई विमानस्थको भन्सार कार्यलयले पक्राउ गरेको हो। गलामा दुईवटा सिक्री र हातमा सुनको बाला देखेपछि भन्सारका कर्मचारीले रोकेर तौलिएका थिए। तौलदा त्यसको तौल डेढ किलो देखिएपछि कर्मचारीले नियन्त्रणमा लिएको हो।

 'भिजिट भिसामा उनी पटकपटक नेपाल आएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ। भिसामा उनी फ्रेब्रअरी ६ मा नेपाल आएको देखिएको छ' भन्सार कार्यलयका सहसचिव नारायण सापकोटाले जानकारी दिए।

उनी सन् २०१६ जुलाइमा नेपाल आएको समेत खुल्न आएको छ। भन्सार कार्यालयले सोमबारबाट उनको बयान लिएर तस्करको जरासम्म नै पुग्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell