PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बलिउडका पटकथा लेखिकाको कथा



पहिलोपोस्ट

बलिउडका पटकथा लेखिकाको कथा

अचला नागरलाई कथा लेखनमा खुब रुची थियो। कथा लेखेरै एउटा पहिचान बनाएकी थिइन्। त्यस्तैमा एकदिन उनलाई एउटा चिठ्ठी आयो, जसमा उनलाई मथुराबाट मुम्बई आउने निम्तो थियो।
 
पत्र थियो फिल्म निर्माता एवंम निर्देशक यश चोपडाको। चोपडाले नागरको कथा मन पराएका थिए।

बिबिसी हिन्दीसँग कुरा गर्दै अचला नागरले भनिन्,'केही व्यक्ती हुन्छन् जसले प्रतिभा देख्छन्। र यश चोपडाले म जस्तो एउटा कथा लेख्ने, रेडियोमा काम गर्ने केटीलाई फिल्ममा अवसर दिनुभयो।' 

सुरुमा आफूलाई स्क्रिप्ट लेख्न नआएको सम्झदै नागर भन्छिन्,'पाँच पाँच सिन लेखेर भिज्वलाइजेशन गर्न सिकाउनु भयो। त्यसपछि मैले फिल्म निकाह लेखें जुन सुपरडुपर हिट भयो।' 

उत्कृष्ट लेखनका लागि उनले फिल्म फेयर अवार्ड पनि जितिन्। उनले 'आखिर क्यु', 'बाबुल', 'बागबान' जस्ता हिट फिल्मको स्क्रिप्ट लेखिन्। 
'फेशन', 'हिरोइन', 'याद' जस्ता फिल्म लेखेकी अनुराधा तिवारी भन्छिन्,'स्क्रिप्ट लेखनलाई महिलाको काम मानिन्छ।' 

पुरुष लेखक बढी चर्चामा रहे पनि महिला लेखकलाई सम्माननिय ठाउँ बलिउडमा रहेको उनको दाबी छ। भन्छिन्,'जेन्डरलाई लेखनसँग जोड्नु ठिक होइन। सबैले आफ्नो ठाउँ बनाउन संघर्ष गर्नै पर्छ।' 

फिल्म समिक्षक अजय ब्रह्मात्मज भन्छन्,'बलिउड प्रतिभावान महिलाहरुको सधैं स्वागत गर्छ। धेरै महिलाले फिल्म निर्माण देखि निर्देशनसम्ममा आफ्नो शक्ति देखाएका छन्।' 

फातिमा बेगम, देविका रानी, मीना कुमारी, अर्पणा सेन आदी बलिउडमा उत्कृष्ट ठहरिएका ब्याकस्टेज हिरोइन हुन्।

'वेटिङ', 'लन्डन पेरिस न्यूयोर्क' लेखेकी अनु मेनन भन्छिन्,'फिल्म राम्रो बन्यो भने लेखक राम्रो ठहरिन्छ। महिला/ पुरुष भन्ने कुराले असर गर्दैन।' उनले आफ्ना दुबै फिल्म निर्देशन समेत गरेकी हुन्। 

हनी ईरानीले बलिउडमा बालकलाकारको रुपमा काम सुरु गरेकी थिइन्। पछि उनले लेखन सुरु गरिन्। 'लम्हे', 'क्या केहेना', 'कहो ना प्यार हो' जस्ता फिल्मले उनलाई चिनायो। 

'विकी डोनर', 'पीकू', 'खुबसुरत' जस्ता फिल्म लेख्ने जूही चतुर्वेदी र 'परिणिता', 'लगा चुनरीमे दाग', 'ओय लक्की लक्की ओय' आदी लेख्ने रेखा निगम बलिउडका सफल महिला स्क्रिप्ट लेखक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell