
इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको १० औं जिल्ला अधिवेशनबाट कोकिला ढकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
समितिको उपाध्यक्षमा सुजन तिम्सिना र कौशिला खिम्दुङ राई, सचिवमा ख्याम भुजेल, सहसचिवमा राजेश पराजुली र बलराम बराइली र कोषाध्यक्षमा जयकुमार राई निर्वाचित भएका हुन्। समितिको सदस्यहरूमा ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरागाईं, नमिन ढकाल, गोपाल निरौला, योगेन्द्रकुमार शंकर, बुद्धमाया सोङ्मी, दिवाकर भण्डारी, दिनेशकुमार महत, सन्तोष नेम्वाङ निर्वाचित भएका छन्।
त्यसैगरी केन्द्रीय पार्षद्मा डिल्ली चापागाईं, सुष्मा श्रेष्ठ, इन्दिराकुमारी घिमिरे, रीता राई, सटेन्द्रकुमार जवेगु, भीमप्रसाद चापागाईं, प्रकाश अधिकारी, बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दहाल, अशोककुमार प्रधान, विमलकुमार दहाल र मोहनमान श्रेष्ठ रहेका छन्।
त्यस्तै प्रदेश सभाषदहरूमा कुमार गुरुङ, भीमसंगम कार्की, सुमन राई, गोविन्दप्रसाद लामिछाने, अमृत सुब्बा, सोम सुनुवार, नवराज बर्देवा, मंगेश खालिङ, सुमन लावती, याम मावोहाङ लिम्वू, मिलन आचार्य, विचारसिंह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, विष्णुकान्त भट्टराई, युवराज पिसी, फणीन्द्र संगम सापकोटा र प्रेमप्रसाद भण्डारी निर्वाचित भएका छन्।
प्रेस युनियन इलामले अधिवेशन बहिष्कार गरे पनि निर्वाचन समितिले विधिसम्मत रूपमा चुनावी प्रक्रिया अघि बढाएको थियो। उम्मेदवार मनोनयन दर्ता, दाबी विरोधलगायतका चुनावी प्रक्रियामा सहभागी हुन समितिले समय थप गरे पनि उपस्थित नभएपछि प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको संयुक्त प्यानललाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो।