PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

प्रधानमन्त्री कप महिला भलिबल फागुन १४ देखि



पहिलोपोस्ट

 काठमाडौं : राष्ट्रिय गौरवको प्रतियोगिता प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने भएको छ।
 
प्रतियोगिता हुनु एक साताअघि आयोजक बाँके जिल्ला भलिबल संघले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीको बारेमा जानकारी गराउँदै आयोजना मिति घोषणा गरेको हो।
 
प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी (काठमाडौं), पश्चिमाञ्चल टिम (पोखरा) र मध्यपश्चिम टिम तथा भारतबाट २ गरी कूल ६ टीमको सहभागि रहनेछ।
 
पहिलो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो, दोस्रो संस्करणमा एपीएफ र तेस्रो संस्करणमा रेलवे टिम (कोलकाता) च्याम्पियन बनेका थिए।
 
नगद २ लाख पुरस्कार रहेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले गर्ने तथा समापन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले गर्ने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell